सीएए-को विरोधमा आन्दोलन जारी रहने मन्त्री सुब्रत मुखर्जीको चेताउनी

सिलगढी : देशका मानिसहरूले सीएए-लाई स्वीकार नगरेको साथै भविष्यमा पनि नगर्ने राज्यका पञ्चायत मन्त्री सुब्रत मुखर्जीले दावी गरेका छन्। सिलगढीको कञ्चनजङ्घा स्टेडियममा तेस्रो सरस मेलाको उद्घाटन कार्यक्रमपछि आज पत्रकारहरूलाई सम्बोधन गर्दै मन्त्री मुखर्जीले उक्त मन्तव्य पोखेका हुन्। यस अवसरमा तिनले पत्रकारहरूसँग कुराकानी गर्दै देशवासीले यो सीएए-लाई कहिल्यै नमान्ने बताए। विद्यार्थी, युवा, श्रमिकहरू लगायत सबै विपक्षी पार्टीले यसको बिरोध गरिरहेको तिनले दावी गरे। देशको 90 प्रतिशत मानिसहरू सीएए-को विरोधमा रहेको पनि पञ्चायत मन्त्री मुखर्जीले बताए। केन्द्र सरकारले यसबारेमा अफ्नो विचार परिवर्तन नगरेसम्म सीएए-को विरोधमा तृममूल कांग्रेसको आन्दोलन लगातार जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *