सीएए-को विरोधमा भूमिपुत्र ऐक्यमञ्चको सभा

कुचबिहार : भूमिपुत्र ऐक्यमञ्च (जीसीपीए र केपीपी)-को संयुक्त आयोजनामा एनआरसीको समर्थनमा एवम् सीएए-को विरोधमा कुचबिहारको रास मेला मैदानमा आज एउटा सभा सम्पन्न गरियो। सभामा ग्रेटर कुचबिहार पीपल्स एसोसिएसनका सचिव तथा भूमिपुत्र ऐक्यमञ्चका चेयरम्यान वन्शीबदन बर्मन, भूमिपुत्र ऐक्यमञ्चका भाइस चेयरम्यान अतुल रायलगाय अन्य मानिसहरू उपस्थित थिए। वन्शीबदन बर्मनले बताएअनुसार आफूहरू एनआरसी-को पक्षमा रहे तापनि सीएए-को विरोध गरिरहेका छौँ। सीएए-को विरोधमा तिनले वृहत्तर आन्दोलन गर्ने चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *