सीएए-को समर्थनमा भाजपाको प्रचार

नक्सलबारी: भाजपा कार्यकर्ताहरूद्वारा नक्सलबारीस्थित बाबुपाड़ाको प्रत्येक घरमा गएर सीएए-को समर्थनमा प्रचार प्रसार गरे। नक्सलबारी शक्ति केन्द्रका प्रमुख रामाशंकर दासले दिएको जानकारी अनुसार हाल सीएए-बारे विपक्षी पार्टीका नेताहरूले विभिन्न प्रकारको अफवाह फैलाएर मानिसहरूलाई दिग्भ्रमितमा पारिरहेका छन्। यसैले गर्दा नै आज नक्सलबारीको बाबुपाड़ामा भाजपाको तर्फबाट मानिसहरूको घर-घरमा गएर यसबारे प्रचार प्रसार गर्नको साथै तिनीहरूलाई यसबारे उचित जानकारी गराइएको तिनले बताए। यस अवसरमा भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *