सीएए-को समर्थनमा ऱ्याली

नक्सलबारी: खोरीबारी खण्डको रानीगञ्ज बिन्नाबारी मण्डल भाजपाको आयोजनामा आज सीएए-को समर्थनमा एउटा ऱ्याली निकालिइयो। यस अवधि राष्ट्रीय परिषदका सदस्य गणेश देवनाथ, भाजपा नेता अरुण दा, वीरेन सीकदार, महेश यादव, सन्तोष यादव, रतन हाँसदा लगायत महिला मोर्चाका रीना मण्डल एवं अन्य कार्यकर्ताहरू उपस्थित थिए। राष्ट्रीय परिषदका सदस्य गणेश देवनाथले बताए अनुसार आज सीएए-को समर्थनमा देवीगञ्जबाट एउटा ऱ्याली निकालेर यहाँका विभिन्न ठाउँहरूको परिक्रमा गरेपछि अन्तमा चक्करमारी पुगेर समापण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *