सीएए-को समर्थनमा भाजपाद्वारा प्रचार

सिलगढी : सीएए-को समर्थनमा सिलगढी नगरनिगमको 15 नम्बर वार्डमा आज सिलगढी सांगठनिक भाजपाले प्रचार अभियान चलायो। सिलगढी सांगठनिक भाजपाका सचिव राजू साहाको नेतृत्वमा समर्थकहरूलाई साथमा लिएर सिलगढी नगरनिगमको 15 नम्बर वार्डको घर-घरमा गएर सीएएको समर्थनमा मानिसहरूलाई जागरूक गराउनको साथै लिफ लेटहरू पनि बाँडेको बताइएको छ। राजू साहाले राज्यभरि विपक्षी पार्टीहरूले सीएएविरुद्ध मानिसहरूमा भ्रम फैलाइरहेको आरोप लगाउँदै उक्त भ्रमलाई हटाउनको लागि नै आज भाजपाले सीएएको समर्थनमा प्रचार गरिरहेको तिनले बताए। यस अवसरमा सिलगढी सांगठनिक भाजपाका सचिव राजू साहालगायत अन्य भाजपा कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *