सीएए-को समर्थनमा भाजपाले जागरूकता अभियान देशभरिमै शुरू गर्ने

नयाँ दिल्ली: नागरिकता संशोधन अधिनियम (सीएए)-लाई लिएर हाल देशभरिमैं भइरहेको विरोध प्रदर्शनीलाई केन्द्र गरेर भाजपाले आगामी 5 जनवरीदेखि देशभरि नै जागरुकता अभियान शुरू गर्ने निर्णय लिएको छ। भाजपा महासचिव डा. अनिल जैनले शुक्रवार पार्टी मुख्यालयमा पत्रकार सम्मेलनको माध्यमद्वारा यसबारे जानकारी दिएका छन्। भाजपाका राष्ट्रिय अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले आउँदो आइतबार उक्त जागरूकता अभियान शुरू गर्ने भएको छ। यसको साथै 33 केन्द्रीय मन्त्री, पार्टीका वरिष्ठ नेता, पदाधिकारीगण, पूर्व मुख्यमन्त्रीलगायत अन्य नेताहरूले देशको भिन्ना-भिन्नै सहरको घर-घरमा गएर मानिसहरूलाई यस कानुनको वास्तविकताबारे जानकारी गराउने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *