सीएए-को समर्थनमा भाजपा तथा मतुवा समुदायद्वारा बाघडुग्रामा रङ्गारङ्ग शोभायात्रा

बाघडुग्रा: सीएए-को समर्थनमा भाजपा तथा मतुवा सम्प्रदायले बाघडुग्रामा रङ्गारङ्ग शोभायात्रा निकाल्यो। सीएए-को समर्थनमा आज बाघडुग्रा एयरपोर्ट मोडबाट रङ्गारङ्ग शोभायात्रा निकालेर पानीघट्टा मोडसम्म पुग्यो। बाघडुग्रा मतुवा महासंघका सदस्यहरूले आज बाजागाजाको साथमा नाँच्दै-गाउँदै शोभायात्रामा अंश ग्रहण गरे। यस अवसरमा भाजपा नेता सजल कान्ति सरकारले भने, विपक्षी पार्टीले साधारण मानिसहरूलाई भ्रमित गर्ने प्रयास गरिरहेको छ। तथापि, सीएए-लाई लिएर प्रधानमन्त्री र गृहमन्त्रीले विस्तृत जानकारी दिए तापनि राज्य सरकारले भुल प्रचार गरिरहेको भाजपाको आरोप रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *