सीएए, एनआरसी अनि एनपीआर-को विरोधमा पदयात्रा

राजगञ्ज : सीएए, एनआरसी अनि एनपीआर-को विरोधमा राजगञ्ज बिन्नागुढी ग्राम पञ्चायत तृणमूल कांग्रेसको अञ्चल कमिटीले आज पदयात्राको आयोजना गर्यो। उक्त पदयात्रा आमबारी साहेबपाड़ाबाट शुरू गरेर लगभग 5 किलोमिटरको यात्रा गरेपछि अन्तमा अञ्चल मोड पुगेर समापन गरियो। यसपछि अञ्चल मोडमा सीएए, एनआरसी र एनपीआरलगायत केन्द्र सरकारको जनविरोधी नीतिको प्रतिवादमा एउटा सभाको पनि आयोजना गरियो। यस अवसरमा राजगञ्ज विधायक खगेश्वर राय, जलपाईगढी जिल्ला परिषद् को-मेन्टर अहिदार रहमान, ग्राम पञ्चायत प्रधान शशी चन्द्र बर्मन, उपप्रधान तुषार कान्ति दत्त मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *