सीएए, एनआरसी र एनपीआर-बारे आलोचना सभा

सिलगढी : सीएए, एनआरसी र एनपीआर-बारे सिलगढीको कञ्चनजङ्गा स्टेडियमको सभाकक्षामा एउटा आलोचना सभाको आयोजना गरियो। उक्त सभामा विशिष्ट अधिवक्ताहरूलगायत सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्य, सीपीएम नेता विकास रञ्जन भट्टाचार्य, पूर्व मेयर तथा कांग्रेस नेत्री गङ्गोत्री दत्त, सीपीएम जिल्ला सचिव जीवेश सरकार, महकुमा परिषद्का सभाधिपति तापस सरकार उपस्थित थिए। यस अवसरमा सीएए, एनआरसी र एनपीआरको बारेमा व्यापक चर्चा परिचर्चा गर्दै वक्ताहरूले यसको कठोर शब्दमा विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *