सीएए, एनआरसी र एनपीआर-को विरोधमा जनसम्पर्क अभियान

खोरीबारी:  तृणमूल कांग्रेस पार्टीको तर्फबाट खोरीबाड़ी क्षेत्रको बुढ़ागञ्ज अञ्चलको विभिन्न बुथहरूमा सीएए, एनआरसी अनि एनपीआरको विरोधमा जनसम्पर्क अभियान चलाइयो। उक्त अभियान अन्तर्गत मानिसहरूलाई सीएए, एनआरसी अनि एनपीआर-बारे जानकारी दिँदै यसको सबैलाई विरोध गर्ने अपिल गरे। जनसम्पर्क अभियानमा खोरीबारी क्षेत्रका तृणमूल युवा कांग्रेस अध्यक्ष किशोरी मोहन सिंह, राजीव सिंह, बुथ अध्यक्षसहित अन्य कार्यकर्ताहरू उपस्तित थिए। युवा अध्यक्ष किशोरी मोहन सिंहले यसबारे जानकारी दिँदै यो जनविरोधी कानून रहेको दावी गरे साथै यसले गर्दा मानिसहरूलाई असुविधा पर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *