सीएए,एनआरसी र एनपीआर-को विरोधमा सिलगढीमा र्‍याली

सिलगढी : सीएए,एनआरसी र एनपीआर-को विरोधमा सिलगढी नागरिक कमिटीको तर्फबाट सिलगढीमा एउटा र्‍याली निकालिइयो। उक्त र्‍यालीमा धेरै संख्यामा समाजका बुद्धिजीविहरू उपस्थित थिए। कलेजका प्राध्यापक विकाश रञ्जन देवले बताएअनुसार मुख्यमन्त्रीको निर्देशमा एकातिर सीएएको विरोधमा राज्यव्यापी विक्षोभ र्‍यालीहरूको आयोजना भइरहेको छ भने अर्कोतिर विभिन्न ठाउँमा सीएए, एनआरसी अनि एनपीआरको विरोधमा निकालिने पदयात्राहरू रद्द गरिरहेको छ। यसको साथै मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसँग भेट गरिसकेका छन्। यसबाट के स्पष्ट हुन्छ भने मुख्यमन्त्री ममता ब्यानर्जी सीएए-को विरोधलाई लिएर कतिको ईमान्दार छन्। यसबाहेक पश्चिम बङ्गालको जनताले सीएए-को विरोधमा लगातार आन्दोलन जारी राख्ने छ भनी तिनले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *