सीएए र बन्दको समर्थनमा कांग्रेसको सभा

राजगञ्ज : सीएए-को विरोध साथै आगामी 8 जनवरीको दिन डाकेको भारत बन्दको समर्थनमा कांग्रेसले लगातार प्रचार गरिरहेको छ। शनिबार जटियाकाली मोडमा संगठनको तर्फबाट एउटा सभाको आयोजना गरियो। भारत बन्दलगायत सीएए अनि एनआरसी-को विरोधमा पार्टीको आन्दोलन जारी रहने संगठन सूत्रमार्फत् थाहा लागेको छ। केन्द्र सरकारले एनआरसी-को नाममा भारतलाई विभाजन गर्ने प्रयास गरिरहेको कांग्रेस जिल्ला कमिटी अध्यक्ष निर्मल घोष दस्तीदारले बताए। यसको तीव्र प्रतिवाद जनाउँदै आफूहरूको आन्दोलन लगातार जारी रहने तिनले बताए। यस अवसरमा जिल्ला अध्यक्षलगायत कांग्रेसको राजगञ्ज ब्लक अध्यक्ष देवव्रत नाग मुख्य रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *