एनआरसी र सीएए-बारे सचेतना कार्यक्रम

कालेबुङ: एनआरसी र सीएए-बारे जनमानसमा जागरूकता ल्याउने उद्देश्य लिएर आज गोर्खा जनमुक्ति मोर्चा विनय समूहका बुथ प्रतिनिधीहरूलाई लिएर 34 नम्बर समष्टिमा सचेतना कार्यक्रम सम्पन्न भयो। सेन्डुप लामा, दिपेश घतानी अनि विनेश राईको पहलमा यहाँको दिशा सेन्टरमा आयोजित यस कार्यक्रममा समष्टि अन्तर्गत रहेको 26 वटा बुथबाट एक-एकजना गरेर प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने एसयुएमआई-का पूर्व प्राचार्य नवरत्न प्रधन, प्राचार्य जगत सहारा राई, नगरपार्षद् जीओसी फिपन आदि स्रोत व्यक्तिका रूपमा उपस्थित थिए। यस अवधी समष्टि संयोजक विदुर राई, नारी मोर्चा अध्यक्ष सुनिता भुजेल, प्रजय राई आदि विशेष रूपमा उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *