सीएए र एनआरसी-को विरोधमा खोरीबारीमा मौन जुलूस

खोरीबारी: खोरीबारी तृणमूल कांग्रेसका कार्यकर्ताहरूले आज सीएए र एनआरसी-को विरोधमा मौन जुलूस निकाले। खोरीबारी तृणमूल युवा कांग्रेसका सभापति किशोरी मोहन सिंहले बताए अनुसार  आज पार्टी कार्यकर्ताहरूले मुखमा कोलो पट्टी लगाएर सीएए अनि एनआरसी-को विरोधमा मौन जुलूस निकाले। यहाँको विवेकानन्द पल्लीबाट सुरू भएको उक्त जुलूसले विभिन्न ठाउँहरूको परिक्रमा गर्दै चक्करमारी पुगेर समापण गरियो। यस अवधि तृणमूल किसान मोर्चाका जिल्ला अध्यक्ष छोटन किस्कू, खोरीबारी खण्ड सभापति हीरण्मय रायलगायत अन्य उपस्थित थिए।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *