सीएए र एनआरसी-को विरोधमा सबैलाई एक हुने ममताको आहवान

दार्जिलिङ : बङ्गालमा कुनै पनि स्थितिमा सीएए तथा एनआरसी लागू हुन नदिने कुरा आज दार्जिलिङको मोटर स्ट्यान्डमा आयोजित सभालाई सम्बोधन गर्दै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पुनः दोहोर्‍याइन्। तिनले केन्द्रको भाजपा सरकारको कठोर शब्दमा खोइरो खन्दै धर्म र जातिको नाममा राजनीति गरिरहेको आरोप लगाइन्। बङ्गालमा विभिन्न जाति, धर्म तथा सम्प्रदायका मानिसहरू बस्ने गर्छन् ती सबै एक हुन्। यसैले धर्म र जातिको नाममा राजनीति गर्न नहुने बताउँदै यदि एनआरसी तथा सीएए लागू भयो भने यहाँको स्थायी मानिसहरूले पनि विविध समस्याहरू झेल्न पर्ने मुख्यमन्त्रीले बताइन्। यसैले गर्दा नै जनताको पक्षमा यो नरहेकोले यसको आफूले विरोध गर्दै आइरहेको बताइन्। भाजपाको शासनमा अहिले देशभरिमै बेरोजगारी समस्या बढिरहेको, अधिकजसो कलकारखानाहरू बन्द हुँदै गएको दावी गर्दै सरकारले रोटी कपडा मकानप्रति ध्यान नदिएको आरोप लगाइन्। दार्जिलिङका गोर्खाहरू भारतीय खाँटी नागरिक हुन् भन्दै केन्द्र सरकारले तर यहाँका वासिन्दाहरूलाई पनि असमलगायत अन्य राज्यहरूमा झैँ एनआरसी लागू गराएर लखेट्ने प्रयास गरिरहेको आरोप लगाइन्।

कुनै पनि स्थितिमा तर आफू भइञ्जेल यो लागू हुन नदिने साथै दार्जिलिङको जनताको लागि रक्षा गर्न आफूले ज्यान दिन पनि तयार रहेको बताइन्। तिनले सीएए, एनआरपी तथा एनआरसी-को विरोधमा सबैलाई एक हुने आहवान गरिन्। तिनले सभाको अन्तमा उपस्थित हजारौँको संख्यामा भेला भएका जनतासँग विभिन्न नाराहरू पनि लगाइन्। यसको साथै सीएए, एनआरसी र एनपीआर दार्जिलिङ र कालेबुङ जिल्लामा लागू हुन नदिनेबारे उपस्थित मानिसहरूलाई शपथ गराइयो। स्मरण रहोस्, उक्त सभा हुनअघि आज मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सीएए तथा एनआरसी-को विरोधमा यहाँको भानु भवन परिसरबाट 4 किलोमिटर पैदलयात्रा निकालिइएको थियो। जसमा, विभिन्न विकास एवम् सांस्कृतिक बोर्डका सदस्यहरूलगायत तृणमूल तथा गोजमुमोका समर्थकहरूले अंश ग्रहण गरेका थिए। आजको उक्त कार्यक्रममा सांसद शान्ता छेत्री, एनबीडीडी चेयरम्यान अमरसिंह राई, जीटीए चेयरम्यान अनित थापा, हिल तृणमूल अध्यक्ष एलबी राई, गोजमुमो अध्यक्ष विनय तामाङ, दार्जिलिङ नगरपालिका अध्यक्ष, ख्रीष्ट धर्मका दार्जिलिङका विशप आदि प्रमुख रूपमा उपस्थित थिए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes