सीएए र एनआरसीको विरोधमा तृणमूलको मानव बन्धन कार्यक्रम

कालियागञ्ज : सीएए, एनसीआर र एनपीआर-को विरोधमा कालियागञ्ज तृणमूल कांग्रेसले आज मानव बन्धन कार्यसूची पालन गर्यो। उक्त मानव बन्धन कार्यसूची कालियागञ्ज सहरको विवेकानन्द मोडदेखि सुकान्त मोडसम्म लामो लाइन लागेको देखियो। कालियागञ्ज नगरपालिका चेयरम्यान कार्तिक चन्द्र पालले बताएअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा उक्त कार्यसूची पालन गरेको साथै सीएए, एनआरसी र एनपीआर-को विरोधमा प्रदर्शन गरेर मानिसहरूलाई अवगत गराउनको निम्ति आफूहरूले मानव बन्धन कार्यसूची पालन गरेको हो। यस अवसरमा कालियागञ्जको नवनिर्वाचित  तृणमूल कांग्रेस विधायक तपन देव सिंह, कालियागञ्जका तृणमूल कांग्रेस अध्यक्ष तथा कालियागञ्ज नगरपालिका चेयरम्यान कार्तिक चन्द्र पाल लगायत अन्य कर्मीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *