सीएए तथा एनआरसी-को विरोध जुलूसमा चर्चहरूले अंश ग्रहण गर्ने

कालेबुङ : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको प्रमुख उपस्थितिमा दार्जिलिङमा हुने सीएए तथा एनआरसी- को प्रतिवाद जुलूसमा कालेबुङको विभिन्न चर्चका सदस्यहरूले पनि अंश ग्रहण गर्ने भएको छ। दार्जिलिङमा आगामी 22 जनवरीको दिन सीएए तथा एनआरसी-को विरोधमा गोजमुमो तथा हिल तृणमूल कांग्रेसको संयुक्त आयोजनामा सम्पन्न हुने 4 किलोमिटरको पैदल यात्रा जुलूसमा अंश ग्रहण गर्नको लागि कालेबुङ जिल्लाका विभिन्न चर्चहरुलाई लिएर एउटा को-अर्डिनेसन कमिटी गठन गरिएको बताइएको छ। यसबारे उक्त कमिटीका संयोजक निलम लामाले बताए अनुसार आगामी दार्जिलिङमा हुने सीएए तथा एनआरसी-को विरोध जुलूसमा कालेबुङका विभिन्न चर्चका प्रतिनिधिहरूले पनि भाग लिइने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *