सीए किशन कुमार अपहरण काण्डको प्रमुख पक्राउ

सिलगढी : सीए किशन कुमार अग्रवाल अपहरण काण्डका प्रमुख मास्टर माइन्ड मानिएका आरोपी प्रदीप तिवारीलाई डिटेक्टिभ डिपार्टमेन्ट उत्तर प्रदेशबाट पक्राउ गर्न सफल भएको छ। स्मरण रहोस्, सिलगढीको पन्जाबीपाड़ा निवासी किशन कुमार गत 7 जनवरीमा अपरहण भएपछि यसबारे सिलगढी पुलिस थानामा अभियोग दर्ता गरिएको थियो। यस घटनाको छानबीन गर्दै सिलगढी पुलिसले गत 11 जनवरीमा उक्त अपहरण काण्डमा सामेल 4 जनालाई बिहारको मोतीपुरबाट पक्राउ गरेको थियो। यसको साथै अपहरण भएका सीए किशन कुमार अग्रवाललाई पनि सकुशल पुलिसले उद्धार गर्नको साथै तिनीहरूबाट 48 लाख रुपियाँ फेला पारेको थियो। पक्रा परेका चारजना आरोपीसँग सोधखोज गरेपछि रञ्जीत घिमिरे अनि तिनको स्वास्नी रेणुका घिमिरेलाई गत 26 फरवरीमा पक्राउ गरेको थियो। तिनीहरूसितको सोधखोजमा उक्त अपहरण काण्डको प्रमुख नाइके प्रदीप तिवारी रहेको पुलिसले थाहा पाएपछि तिनलाई विभिन्न ठाउँहरूमा छापामार अभियान चलाउँदै आइरहेको थियो। यसपछि उक्त मामिला डिटेक्टिभ डिपार्टमेन्टलाई सुम्पिएपछि यसको एसीपी राजन छेत्रीको  नेतृत्वमा गठन गरिएको एउटा टोलीले उत्तरप्रदेशबाट प्रदीप तिवारीलाई पक्राउ गरेपछि हिजो साँझ सिलगढी ल्याइपुर्‍याइयो। आज तिनलाई सिलगढी अदालतमा पेश गरेपछि हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes