कल्भर्ट निर्माण कार्यको शिलान्यास

कालचिनी : कालचिनी ब्लकको भर्नाबारी चियाकमानमा कल्भर्ट निर्माण कार्यको कालचिनी पञ्चायत समितिका उपाध्यक्ष प्रभात मुखोपाध्यायले आज विधिवत् रूपमा शिलान्यास गरे। अलिपुरद्वार जिल्ला परिषद्को पहलमा उक्त कल्भर्ट निर्माण कार्य गरिएको हो। लगभग 26 लाख 78 हजार रुपियाँको लागतमा उक्त कल्भर्टको निर्माण गरिने साथै भोलिदेखि नै यसको निर्माण कार्य शुरू गरिने जिल्ला परिषद्का पूर्व अध्यक्ष पद्मा रायले बताइन्। यस अवसरमा जिल्ला परिषद्का पूर्व अध्यक्ष पद्मा राय, लताबारी ग्रामीण अस्पतालका रोगी कल्याण समितिका चेयरम्यान असीम मजुमदारलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *