कोलकाताबाट फर्किए गोजमुममो नेताद्वय विनय-अनित

बाघडुग्रा : कलकत्ताबाट आज बागडुग्रा विमान स्थलमा आइपुगेपछि गोजमुमो केन्द्रिय अध्यक्ष विनय तामाङले छोटो अवधिमा पत्रकारहरूलाई “मिशन सफल भयो” भनी बताए, तर मिशन के हो त्यसबारे खुलाएनन्। आज जीटीए अध्यक्ष अनित थापा अनि पार्टी अध्यक्ष विनय तामाङलाई स्वागत गर्न बागडुग्रा विमान स्थलमा पहाड़बाट धेरै मात्रामा पार्टी समर्थकहरू पुगेमा थिए।


दिउँसो एक बजी तिनीद्वय विमानस्थलबाट बाहिर निस्किएपछि समर्थकहरूले “विनय-अनित जिन्दाबाद”, पहाड़को निम्ति अनित-विनय योग्य नेता”, पहाड़मा शान्ति फर्काई ल्याउने अनित थापा-विनय तामाङ जिन्दाबाद” भन्ने नाराहरू लगाउँदै तिनीहरूलाई खदामाला लगाई दिएर स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *