कोलकाताका 84 वर्षीय पर्यटकको कालेबुङमा मृत्यु

कालेबुङ  (निसं) : पहाड घुम्न आएका एकजना 84 वर्षीय पर्यटकको कालेबुङमा मृत्यु भएको जान्नमा आएको छ। कालेबुङ पुलिस अधीक्षक अपराजिता राईले दिएको जानकारी अनुसार कोलकाताबाट घुम्न आएका 84 वर्षीय वृद्धा एडिथ मेरी च्यापललाई कालेबुङ जिल्ला अस्पतालमा ल्याइएको थियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त मृतक महिला कोलकाताको दुर्गापुर विधान नगर मुचीपाडा निवासी थिइन् भने तिनी घुम्नको लागि पहाड आएकी थिइन्।  सम्भवतः हृदयघातले गर्दा तिनको मृत्यु भएको हुनसक्ने आशंका जनाइएको छ। उक्त वृद्धाको शवलाई कालेबुङ जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *