कल सेन्टर मार्फत् लाखौँ रुपियाँ ठगेको आरोपमा सिलगढीका दुईजना महिला पक्राउ

सिलगढी : घरमै बसेर कल सेन्टर चलाएको आरोपमा छत्तीसगढ पुलिसले सिलगढीबाट दुईजना महिलालाई पक्राउ गरेको छ। पक्रा परेका महिलाहरू क्रमैले पुजा मिश्र र पुष्पा मिश्र सामेल छन्। ती दुई महिलाहरू अम्बिकानगरको हरिपुर र सिलगढीको 40 नम्बर वार्डको गितालपाडा निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारीअनुसार गत 22 जुन 2021-मा छत्तीसगढको जगदलपुर निवासी किशोर पुजारीले छत्तीसगढ थानामा ठगीको शिकार भएको बारे एउटा लिखित अभियोग दर्ता गरेपछि पुलिसले जाँच शुरू गरेका थिए। उक्त व्यक्तिलाई फोनमार्फत् विभिन्न प्रलोभन देखाएर सिलगढीका दुईजना महिलाले लाखौँ रुपियाँ ठगेको पुलिसले थाहा पाए। यसपछि छत्तीसगढ पुलिसले एनजेपी थाना पुलिसको सहयोगमा हिजो सिलगढीबाट ती दुईजना महिलालाई पक्राउ गरेर आज जलपाईगढी अदातलमा पेश गरेपछि ट्रान्जिड रिमान्डमा लिइने आवेदन गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *