क्यान्सर पीडित 10 वर्षीय अन्वेषालाई आर्थिक सहयोग गरिदिने अपील

मङपु : कालेबुङ जिल्ला अन्तर्गत पर्ने रम्बी-रियाङ निवासी 10 वर्षीया अन्वेषा छेत्रीलाई ब्लड क्यान्सर जस्तो घातक रोग लागेपछि हाल तिनको सीएमसी भेल्लोरमा उपचार चलिरहेको छ। पिता मनोज छेत्री अनि माता गंगा छेत्रीकी छोरी अन्वेषाको उपचारको लागि 8 लाख रुपियाँ खर्च लाग्ने भएकोले पीडित परिवारले आर्थिक सहयोगको लागि सबैसित अपील गरेको छ।


यसको साथै क्यान्सर पीडित सानो बालिकालाई बचाउनको लागि सबैले सहयोग गरिदिने गाउँलेहरूको तर्फबाट साङ्गे तामाङले पनि अपील गरेका छन्। पीडित बालिकालाई आर्थिक  सहयोग गर्ने इच्छुक महानुभवहरूले तिनको बुबा मनोज  छेत्रीको ब्याङ्क खाता नम्बर sbi act. No.- 35641389087 अथवा मोबाइल नम्बर 96418-42176 मा सम्पर्क गरिदिने अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *