क्यान्सर पीड़ित युवकलाई सहयोग गरे रेन्जर सञ्जय दत्तले

राजगञ्ज : बेलाकोबा रेञ्जर सञ्जय दत्तले क्यान्सर पीड़ित युवकको सहयोग गरेर एकपल्ट फेरि मानवताको उदाहरण दिएका छन्। राजगञ्जको पनाशगुड़ी गाउँ निवासी तरूण रायको उपचारको लागि सञ्जय दत्तले एक लाख रुपियाँको सहयोग गरेको छ। तरुणको परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण तिनका परिवारका सदस्यहरूले उपचार गर्न सकिरहेका छैनन्। तरुणको बाबु पनि बिरामीको कारण हाल ओछ्यानमै परेका छन्। तिनको परिवारमा आमा-बाबुलगायत दादा-दिदी, स्वास्नी र दुई छोरीहरू छन्। तिनको बाबु व्यवसाय गरेर आफ्नो गृहस्थी जीवन चलाइरहेका थिए तर हाल तिनी पनि अस्वस्थ्य रहेको कारण व्यवसाय बन्द भएको बताइएको छ। तरुणको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले गर्दा नै बेलाकोबाका रेञ्जर सञ्जय दत्तले पनाशगुड़ी संयुक्त वन सञ्चालन कमिटी वनकर्मी तथा विभिन्न मानिसहरूबाट रुपियाँ संग्रह गरेर मोठ एक लाख रुपियाँ तरुणको उपचारको लागि दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *