क्यान्सर रोगी महिलाहरूको निम्ति सिलगढीका महिलाहरूद्वारा कपाल दान

सिलगढी : क्यान्सर एउटा यस्तो बिमारी हो जसको उपचार गर्दा केही दुष्प्रभावहरू देखा पर्ने गर्दछ। यस्तै दुष्प्रभावहरूमध्ये यो रोग लागेपछि विशेष गरेर महिलाहरूमा धेरैजसोको कपाललाई प्रभाव पर्दछ। क्यान्सर रोगबाट निको भए तापनि प्रायः सबैजसो महिलाहरूको कपाल झर्ने भएकोले गर्दा तिनीहरूको सहयोगको लागि सिलगढीका केही महिलाहरू अघि आएका छन्। भनिन्छ, केश महिलाहरूको गहना हो। यसैले नै सिलगढीका पाँचजना महिलाहरूले सहरको एउटा स्वयम्‌सेवी संगठनको पहलमा आज आ-आफ्नो केश काटेर दान गरेका छन्। यसबाहेक 3 जना अन्य महिलाहरूले स्पीड पोस्टको माध्यमद्वारा स्वयम्‌सेवी संगठनलाई आफ्नो केश दान दिएको बताइएको छ। लेडीज सर्कल इन्डियानाम गरेको एउटा संगठनको माध्यमद्वारा उक्त दान गरेको केशहरू परीक्षणको लागि दिल्ली पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *