कार र ट्रक ठोक्किँदा चारजना घाइते

नक्सलबारी : खोरीबारीको सीमावर्ती क्षेत्र कुर्ली कोट थाना अन्तर्गत बालुबारी नजिक एउटा कारलाई ट्रकले धक्का दिँदा चारजना घाइते भएको छ भने तीमध्ये दुईजना महिला सामेल छन्। प्राप्त जानकारीअनुसार आज दिउँसो सिलगढीबाट आइरहेको समय एउटा कारलाई ट्रकले पछिल्तिरबाट धक्का दिँदा उक्त कार अनियन्त्रित भएर सोझै सडक किनारको रुखमा गएर ठोकियो। 


यस अवधि कारको सबै ऐनाहरू पुट्नको साथै रुख पनि भाँचियो। यसको साथै सडक किनारमा राखेको एउटा मोटर बाइक पनि क्षतिग्रस्त भएको छ। कारमा सवार दुईजना महिला, एकजना युवक र चालक घाइते भएका छन्। घाइतेहरूलाई उपचारको निम्ति सिलगढी पठाउनको साथै पुलिसले घटनाको छानबीन शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *