‘क्याच द रेन’ जलशक्ति अभियान कार्यक्रम कार्यान्वयन प्रगतिबारे केन्द्रिय टोलीका प्रतिनिधिहरूसित समीक्षा बैठक

गान्तोक (निसं) : क्याच द रेन जलशक्ति अभियान कार्यक्रमको कार्यान्वयन प्रगतिको समीक्षा बैठक आज गान्तोकको जिल्ला प्रशासनिक केन्द्रको मिनी कन्फरेन्स हलमा सम्पन्न गरियो। उक्त बैठकमा गृह मामिला मन्त्रालयका उप-निदेशक तथा केन्द्र सरकारको टोली प्रमुख राहुल मलिक, वरिष्ठ वैज्ञानिक एवं प्रविधि अधिकारी आरके मोहण्टी, गान्तोकका अतिरिक्त जिल्लापाल रोहन रमेश अगवाने, श्रीमती राधा प्रधान लगायत कृषि, ग्राणी विकास विभाग अनि स्मार्ट सिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
राहुल मलिकको नेतृत्वमा रहेको केन्द्रिय टोलीले जियो-ट्यागिङ जल निकायहरूमा गरिएका प्रयासहरूको मूल्याङ्कन गऱ्यो। योसँगै खाने पानीको स्रोत दिगोपन, कोषको उपयोग र कार्यान्वयन गर्ने निकायहरू र सरोकारवालाहरूबाट सुझाउ लिइने कार्य गरियो। जिल्ला प्रशासन अनि सम्बन्धित विभागहरूद्वारा योजनाहरूको अवलोकन प्रस्तुत गरियो। यसपछि केन्द्रिय टोलीका प्रमुख राहुल मलिकले गान्तोक जिल्लामा उत्कृष्ट जल संरक्षण अनि जल उपयोगको निम्ति मूल्यावान अन्तर्दृष्टि अनि सिफारिशहरू प्रदान गरे। गान्तोक जिल्लामा जल संरक्षण अनि वर्षा जल सञ्चयनसँग सम्बन्धित विविध योजनाहरूको कृषि, ग्रामीण विकास अनि पञ्चायती राज (आरडीडी) र स्मार्ट सिटीका सम्बन्धित अधिकारीहरूले केन्द्र सरकारको टोलीलाई अवलोकन गराए। यसवाहेक, केन्द्रीय टोलीले जलशक्ति केन्द्र, अमृत सरोवर अनि जल जीवन मिशन, जलशक्ति अभियान र अन्य सम्बन्धित योजनाहरू अन्तर्गत गरिएका कार्यहरूको पनि निरीक्षण गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes