सीबीआई-ले सुबीरेश भट्टाचार्यलाई पक्राउ गरेपछि एबीभीपी-ले बाढ्यो चकलेट

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयका उप-कुलपति सुबीरेश भट्टाचार्यलाई आज पक्राउ गरेपछि एबीभीपी-ले सीबीआई-लाई धन्यवाद दिँदै सिलगढीको हाशमी चौकमा मानिसहरूलाई चकलेट वितरण गऱ्यो।  केही दिन अघि सीबीआई-को एउटा टोलीले उत्तर बंगाल विश्वविद्यालयका उप-कुलपति सुबीरेश भट्टाचार्यको आवास अनि कार्यालयमा छापामार अभियान चलाएर तिनीसित सोध खोज गरेका थिए। यस पछि एसएससी शिक्षक भर्ती (एसएससी) मा भ्रष्टाचार गरेको आरोपमा सुबीरेश भट्टाचार्यलाई आज पक्राउ गरेको छ।  तिनलाई पक्राउ गरेपछि शुसी मनाउँदै भाजपा-को विद्यार्थी संगठन एबीभीपी-का समर्थकहरूले ब्यानर बोकेर सीबीआई-लाई विशेष धन्यवाद दिए। यसबारे संगठनका राज्य सचिव शुभब्रत अधिकारीले भने, हामी भ्रष्टाचारको विरूद्ध लगातार विरोध प्रदर्शन गर्नेछौ। आज हाम्रो नैतिक जीत भएको छ। सीबीआई-ले सुबीरेश भट्टाचार्यलाई पक्राउ गर्नु यो लोकतन्त्रको जीत हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *