सीबीआई र ईडी विरूद्ध सिलगढीमा दार्जिलिङ जिल्ला तृणमूल युवा काङ्ग्रेसको रेली

सिलगढी (निसं): सीबीआई अनि ईडी विरूद्ध दार्जिलिङ जिल्ला तृणमूल युवा काङ्ग्रेसले आज एउटा विरोध रेली निकाल्यो। सिलगढीको बाघाजतिन पार्कबाट उक्त रेली शुरू गरिएको थियो। राजनीतिक हितको लागि ईडी र सीबीआई-को प्रयोग गरेको आरोप लगाउँदै यसको विरोधमा आज सिलगढी सहरमा निकालिइएको रेलीमा दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेस सभानेत्री पापिया घोष, चेयरम्यान आलोक चक्रवर्ती, मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, दार्जिलिङ जिला तृणमूल काङ्ग्रेस प्रवक्ता वेदब्रत दत्त लगायत पार्टीका अन्य नेताहरू उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *