सीबी सिन्चुरीको निधनमा गहिरो शोक व्यक्त

मिरिक : दागोपापका मनोनीत पूर्व पार्षद एवम् सन् 1995 सालमा राष्ट्रिय अम्बेडकर पुरस्कार-द्वारा सम्मानित पत्रकार तथा सम्पादक सीबी सिन्चुरीको निधनमा दार्जिलिङ ईन्डिजिनियस अनुसूचित जाति कल्याण संघले गहिरो शोक व्यक्त गरेको छ। संघका उपाध्यक्ष देवेन्द्र घतानीले सीबी सिन्चुरीको निधनले संघ अनि जाति समुदायलाई निक्कै ठुलो क्षति पुगेको बताउँदै तिनले जाति समुदायको लागि दिएको योगदानलाई सदैव सम्झना गरिने जनाए। यसको साथै संघको तर्फबाट शोकित परिवारप्रति समवेदना व्यक्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *