सीसीटीभी जडानमा भेदभाव गरेको शङ्कर घोषको आरोप

सिलगढी : सिलगढी नगरनिगमको 47 वटा वार्ड रहे तापनि केवल 20 नम्बर वार्डमा मात्र एसजेडीए कोषबाट सीसीटीभी क्यामारा लगाएकोमा 24 नम्बर वार्डका काउन्सिलर शङ्कर घोषले आपत्ति जनाउँदै यसबारे प्रश्न खडा गरेका छन्। यसको साथै तिनले एसजेडीएले विकासको क्षेत्रमा भेदभाव गरिरहेको आरोप लगाउँदै केवल तृणमूल कांग्रेसको वार्डहरूमा मात्र उक्त क्यामाराहरू जडान गरेको दावी गरेका छन्। तिनले एसजेडीएको तर्फबाट सबै वार्डहरूमा पनि अविलम्ब सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सीसीटीभी क्यामारा जडान गर्नुपर्ने माग गरेका छन्। सिलगढी नगरनिगमको 20 नम्बर वार्डको धेरैजसो इलाकामा सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर जडान गरिएको सीसी टीभी क्यामाराको सिलगढी पुलिस कमिश्नरले विधिवत् रूपमा उद्घाटन गरे। प्राप्त जानकारीअनुसार एसजेडीएको कोषबाट लगभग 10 लाख रुपियाँको लागतमा उक्त इलाकामा सीसीटीभी जडान गरिएको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *