सेल्टर होमका नानीहरूद्वारा कृतज्ञता प्रकट

खरसाङ : खरसाङको सिंगेल कफीबारीस्थित सेल्टर होमका नानीहरूले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । यी नानीहरूलाई बाटोमा आउँदा केही आवश्यकता पर्छ भनेर जीटीए भूतपूर्व सभासद अनोश थापाले केही आर्थिक मद्दत गर्नको साथै बजारबाट गाउँसम्म आफ्नै गाडीमा ल्याएका थिए भने सेल्टर होममा खाद्य सामाग्रीको पनि व्यवस्था गरिदिएका थिए। जीटीए चेयरम्यानको व्यवस्थापनमा सिलगढीदेखि खरसाङसम्मको व्यवस्था साथै समाजको सचिवको हैसियतमा रूपेन सिन्चुरी अनि गाउँ समाजले सबै थोकको व्यवस्था गरिदिएकोमा तिनीहरूलाई विशेष आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *