चाँडै स्कुल-कलेजहरू खोलिनुपर्ने माग गर्दै सडकमा ओर्लिए शिक्षा अनुरागी मञ्च नक्सलबारीका सदस्यहरू

नक्सलबारी : चाँडै स्कुल-कलेजहरू खोलिनुपर्ने माग गर्दै आद शिक्षा अनुरागी मञ्च नक्सलबारीका सदस्यहरू सडकमा ओर्लिएका छन्। शिक्षक तथा अभिभावकहरूले आज बिहान नक्सलबारी बस स्ट्यान्डमा स्कुल-कलेज खोलिनु माग गरे। यसपछि जन हस्ताक्षर संग्रह गरेर नक्सलबारीका बीडीओसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए।


यस विषयमा शिक्षा अनुरागी मञ्चका सदस्य तथा पूर्व शिक्ष परितोष चाकलादारले बताएअनुसार गत 2 वर्षदेखि विद्यालयहरूमा ताला झुन्डिएको छ। राज्य सरकारले मेला, खेलकुद, बस तथा ट्रेनहरू सबै खुल्ला रहे तापनि स्कुल कलेजहरू हालसम्म बन्द राखेको छ। यसैले चाँडै स्कुल-कलेजहरू खोलिनुपर्ने माग गर्दै आज आफूहरूद्वारा नक्सलबारीका बीडीओलाई एउटा ज्ञापन पत्र चढाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *