चेयरम्यान रिलिफ फण्डको रकम बन्द चियाबारीका श्रमिकहरूलाई 4 हजार गरेर वितरण सुरू

दार्जिलिङ (निसं): चेयरम्यान रिलिफ फण्डको रकमबाट बन्द चियाबारीका श्रमिकहरूलाई दिइने राहत राशि प्रति श्रमिक 4 हजार गरेर आजदेखि वितरण सुरु गरिएको छ। आज नवरात्रीको सप्तमी अर्थात फुलपातीको दिन बन्द 7 वटा चियाबारीका श्रमिकहरूलाई चेयरम्यान रिलिफ फण्डको रकमबाट श्रमिकहरूलाई दिइने राहत राशि लिएर डेपुटी चेयरम्यान राजेश चौहान, सभासद जितेन राई, साम्देन डुक्पा लालकोठीदेखि विभिन्न कमानमा पुगेका छन्।


बन्द चियाबारीहरू क्रमैले पेसोक, रङ्गमुक सिडर्स , मुण्डा कोठी, चुङथुङ, पान्डम, मगर्जुङ, अम्बोटीया रहेको छ। प्राप्त जानकारी अनुसार पाण्डम चियाबारीका 149 जना श्रमिकहरूलाई 4 हजार रूपियाँको दरले राहत राशी प्रदान गरेको बताइएको छ। यसैगरी, अन्य चियाबारीमा पनि राशि दिइने क्रम चलिरहेको जान्नमा आएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *