छैटौँ अनुसूचीको माग गर्दै खरसाङमा र्‍याली

खरसाङ :  गोरामुमो खरसाङ शाखाद्वारा छैटौँ अनुसूचीको माग गर्दै आज खरसाङ सहरमा र्‍यालीको आयोजना गर्यो। यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङको विशेष रूपमा उपस्थिति रहेको थियो। यसबाहेक खरसाङ महकुमा अन्तर्गत पर्ने गोरामुमोको विभिन्न शाखा प्रशाखाहरूबाट धेरै संख्यामा पार्टी समर्थकहरू उक्त र्‍यालीमा भेला भएका थिए। खरसाङ बस टर्मिनसबाट निकालिइएको उक्त र्‍यालीले यहाँको विभिन्न पथहरूको परिक्रमा गर्दै अन्तमा गोर्खा दुःख निवारक सम्मेलन भवनमा पुगेर समापन हुनको साथै यसपछि एउटा सभाको आयोजना गरिइयो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *