छैटौँ अनुसूची सम्झौता दिवस खरसाङमा पालन

खरसाङ (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको खरसाङ ब्राञ्च कमिटीको आयोजनामा खरसाङको गोर्खा जनपुस्तकालय भवनमा छैटौँ अनुसूची सम्झौता दिवस पालन गरियो। पार्टीका केन्द्रीय समितिको वरिष्ठ सल्लाहकार तथा एचपीडब्ल्युयु-को केन्द्रीय समिति अध्यक्ष बीके राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको आरम्भ पार्टीका पूर्व अध्यक्ष स्व. सुवास घिसिङको तस्वीरमा धुप-दीप प्रज्ज्वलन गरी थालिएको थियो।


कार्यक्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भूपेन गुरूङले स्वागत वक्तव्य राखेक। केन्द्रीय समिति सदस्य रबीन लामाले सञ्चालन गरेका कार्यक्रममा गोरामुमो केन्द्रीय समिति सदस्य तथा तीनधारे सुकना समष्टि अध्यक्ष जेबी गुरुङ, केन्द्रीय समिति वरिष्ठ सल्लाहकार तथा एचपीडब्लूयू केन्द्रीय समिति अध्यक्ष बीके राई, खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामा अनि अन्यान्यले वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *