चक्करमाड़ी चेकपोस्टमा स्वास्थ्य परीक्षण शिविर

खोरीबारी : कोरोना भाइरसलाई केन्द्र गरेर खोरीबारी थाना अन्तर्गत चक्करमाड़ी चेकपोस्ट नजिक चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरियो। उक्त शिविरको माध्यमबाट अल्ट्राभायलेट थर्मोमीटरले धेरैजना मानिसहरूको टेम्परेचर नापियो। प्राप्त जानकारीअनुसार चक्करमाडी चेकपोस्ट भएर धेरै संख्यामा वाहनहरू यातायात गर्ने गर्दछ। यी सबै वाहनहरू बिहार र  नेपालबाट सिलगढीतर्फ जाने गरेकोले कोरोना भाइरस पीड़ित कोही पनि व्यक्तिहरू सिलगढीमा प्रवेश नगरोस् भन्ने उद्देश्यले चेकपोस्ट नजिक स्क्रीनिङ गरिएको बताइएको छ। अर्कोतिरहाईवेमा यातायात गरिरहेको सबै वाहनहरू रोकेर सबै मानिसहरूको अल्ट्राभायलेट थर्मोमीटरले टेम्परेचर नापिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *