चक्का खोलिँदा बस पल्टिएर धेरैजना यात्री घाइते

राजगञ्ज : यात्री बोकेको बसको अघिल्तिरको दुईवटा चक्का अचानक खोलिएपछि बस पल्टिँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको तालमा संलग्न इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार सिलगढीबाट एउटा यात्री बोकेको बस कुचबिहारतर्फ गइरहेको समय तालमा संलग्न इलाकामा बसको अघिल्तिरको 2 वटा चक्का खोलिएपछि उक्त बस जलाशयमा पल्टिँदा धेरैजना यात्रीहरू गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसिलिटी अस्पताल र फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *