चक्रवती तूफान ‘याश’ –को लागि अलिपुरद्वार जिल्ला प्रशासनको तयारी

अलिपुरद्वार : चक्रवती तूफान याशको सम्भावित खतराबाट बाँच्नको लागि अलिपुरद्वार जिल्ला प्रशासन र नगर प्रशासन तयार रहेको छ। अलिपुरद्वार नगरपालिकाका प्रशासक मिहिर दत्तमहकुमाशासक प्रियदर्शनी भट्टाचार्य र जिल्लाशासक सुरेन्द्र कुमार मीणाले आज सहरको फ्लड सेन्टरको निरीक्षण गरे। अलिपुरद्वार नगरपालिकाका प्रशासक मिहिर दत्तले बताएअनुसार अधिक वर्षाले गर्दा नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गेटहरूको निरीक्षण गरियो। यसको साथै जिल्लाशासकले नदीको बाँध क्षेत्रको पनि निरीक्षण गरे भने आपदा प्रबन्धन विभागलाई पनि सतर्क राखेको छ। सबै आवश्यक तयारी भइसकेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *