चक्रवात प्रभावित इलाकाको भ्रमण गर्न आइपुगे तृणमूलको 10 सदस्य टीम

सिलगढी (निसं): 10 सदस्यीय तृणमूल कांग्रेसका प्रतिनिधि टीमले जलपाईगढीको मयनागढीमा चक्रवात प्रभावित इलाकाको परिभ्रमण गरे। आज प्रतिनिधि टीमका सदस्यहरू दिल्ली अनि कोलकाताबाट विमानमार्फत आएपछि बाघडुग्रा हवाईअड्डामा ओर्लिए। यसपछि तिनीहरू जलपाईगढीको प्रभावित बार्निस गाउँको लागि प्रस्थान गरे। यसबाहेक, यो टीम धूपगढीमा अभिषेक ब्यानर्जीको चुनावी सभामा पनि सामेल हुने कार्यक्रम रहेको बताइएको छ। उक्त प्रतिनिधि टीममा दोला सेन, नदीमुल हक, शान्तनु सेन, विवेक गुप्ता, सुदीप राहा, डेरेक ओ ब्रायन, सागरिका घोष, साकेथ गोखले, अबीर रञ्जन विश्वास र अर्पिता घोष सामेल छन्। प्रतिनिधि टीमका सदस्यहरूले क्षोभ प्रकट गर्दै भने, असममा प्रभावित इलाकामा सहायता प्रदान गरियो, तर बंगाललाई केही दिएन।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *