चालकहरूको निम्ति आँखा जाँच शिविर

राजगञ्ज: फूलबारी सीमा चेकपोस्टका ट्रक चालक तथा सहायक चालकहरूका लागि निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो।  आईएनटीटीयुसी-को इन्डो-बङ्ग्लादेश ट्रक चालक युनियनको तर्फबाट सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगमा आज नेत्र जाँच गरियो। ट्रक चालक तथा सहायक चालकहरू वाहेक स्थानीय मानिसहरूले पनि उक्त शिविरमा नि:शुल्क आँखा जाँच गराए। ट्रक चालकहरू सधैंजसो व्यस्त हुने भएकोले तिनीहरूले आफ्नो आँखाको जाँच गर्न पाउदैनन्, त्यसैले गर्दा नै यूनियनको तत्वावधानमा आज आँखा जाँच शिविरको आयोजना गरिएको बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *