चालकसहित बालुवा बोकेको ट्रक पक्राउ

सिलगढी : सिलगढीको महानन्दा नदीबाट अवैध रूपमा बालुवा लगेको आरोपमा एनजेपी थाना पुलिसले ट्रकसहित चालक अनुप कुमार केरकट्टालाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार केही दिनदेखि उत्तरकन्या इलाकाबाट राति गैर कानुनी रूपमा महानन्दा नदीबाट बालुवा लैजाने गरेको भनाइ रहेको छ। गोप्य सूचनाको आधारमा हिजो राति एनजेपी थाना पुलिसले अभियान चलाएर एउटा ट्रकसहित चालकलाई पक्राउ गरेको बताइएको छ। आरोपी चालकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.