चालसा बजार नजिक खुनिया मोडमा वाहन दुघर्टना, 2 मरे 1 घाइते

चालसा: जलपाईगुड़ी जिल्लाको राष्ट्रीय राज मार्ग 31 अन्तर्गत चालसा बजार नजिक खुनिया मोड (जलढका जाने मोड) छेउमा गत राति भयानक वाहन दुघर्टना भएको छ। उक्त दुर्घटनामा वाहनमा सवार 2 जनाको घटना स्थलमैं मृत्यु भएको छ भने अन्य एकजना व्याक्ति गम्भीरमा रूपमा घाइते भएको छ। घाइते व्याक्तिलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल पुऱ्याएपछि हाल तिनी चिकित्साधिन अवस्थामा रहेको बताइएको छ।


दुर्घटनामा वाहन पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाको सटिक कारण पत्तो नलागे तापनि अधिक स्पीडको कारण वाहन अन्यन्त्रित भएर दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। तथापि चालसा पुलिस घटना स्थलमा पुगेर उक्त घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *