चालसा चियाकमानमा चितुवाको 2 वटा बच्चा उद्धार

जलपाईगढी : जलपाईगढीको चालसा चियाकमानको 7 ए सेक्शनमा दुईवटा चितुवाको बच्चा उद्धार भएको छ। चियाकमानको उक्त सेक्शनमा काम बन्द रहेको छ। आज बिहान चियाश्रमिकहरूले कमानमा काम गरिरहेको समय चितुवाको बच्चा रोएको आवाज सुनेपछि तिनीहरूले गएर हेर्दा कमानको नालीमा चितुवाको दुईवटा बच्चा देखे। घटनाको खबर फैलिन साथ श्रमिकहरूले काम बन्द गरे। घटनाको खबर पाएर खुनिया स्क्वाडका वनकर्मीहरू घटनास्थलमा पुगेर श्रमिकहरूलाई चियाकमानबाट हटाए। वनकर्मीहरूले बताएअनुसार चितुवाको उक्त दुईवटा बच्चालाई तिनीहरूको आमाले आएर लैजानेछ। यसैले हाल कसैलाई पनि उक्त इलाकामा प्रवेश गर्ने अनुमति छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *