चमर्चीमा डुवर्स नेवार प्रधान संघको कार्यक्रम

बानरहाट : डुवर्स नेवार प्रधान संघ चमर्ची अञ्चल कमिटीको आयोजनामा चमर्चीस्थित सामूहिक भवनमा एउटा कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको शुरूवातमा डुवर्स नेवार प्रधान संघका सदस्यहरूले चामुर्चीस्थित सामूहिक भवनदेखि नेवारहरूको सांस्कृतिक नृत्य गर्दै चमर्ची फरेस्ट बस्ती परिक्रमा गर्यो। यसरी आफ्नो क्षेत्रमा लाखे नृत्य पहिलो चोटि देखेर मानिसहरु धेरै उत्साहित बनेको देखियो। उक्त कार्यक्रममा बानरहाट क्षेत्रका विभिन्न चियाबारीबाट आएका प्रधान समुदायका मानिसहरुको उपस्थिति रहेको थियो। यस कार्यक्रममा मुख्य अतिथि संघका केन्द्रिय समिति सभापति कमल प्रधान, महासचिव गणेश बहादुर प्रधान, केन्द्रिय कमिटी प्रवक्ता राजेश प्रधान लगायत तराई डुवर्स सिलगढी गोर्खा सांस्कृतिक अनि विकास बोर्डका भाइस चेयरम्यान सन्दिप छेत्री, सञ्जित गुरुङ, दिलिप यल्मो, अर्जुन कागते, निरज छेत्री आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *