चामोङ चियाबारीका क्यान्सर रोगीलाई उपचारको लागि तत्कालै स्वस्थ्य साथी कार्ड प्रदान

सुकेपोखरी: जोरबङ्लो सुकेपोखरी खण्डको पोख्रेबुङ ग्राम पञ्चायत एक अन्तर्गत चामोङ चियाबरी लोरूङ गाउँ निवासी विमला राईको परिवारलाई आपतकालिन परिस्थितिमा स्वस्थ्य साथी कार्डको निम्ति फोटो खिचाएर तिनका परिवारलाई कार्ड प्रदान गरियो। विमला राईकी बुहारी मधु प्रधान राईलाई तिनको उपचारको निम्ति कोलकाताको एउटा क्यान्सर हस्पिटलमा भर्ना गरिएको जानकारी प्राप्त भएपछि खण्ड विकास कार्यालय अनि जिल्ला प्रशासनको सक्रिय पहलमा दस घण्टाको अवधिमैं आपतकालिन व्यवस्था गरेर स्वस्थ्य साथी कार्ड प्रदान गरियो। खण्ड विकास अधिकारी सामीरूल इस्लाम, पोख्रेबुङ ग्राम पञ्चायत एक सचिव प्रतिभा लामाले उक्त कार्ड सँगै मुख्यमन्त्रीको शुभेच्छा पत्र राईको परिवारलाई हस्तानन्तरण गरे । बिमला राईले राज्यको मुख्यमन्त्री, खण्ड बिकास कार्यालय, जिल्लापाल अनि पोख्रेबुङ ग्राम पञ्चायत एक-का कर्मचारीहरूप्रति परिवार पक्षले आभार प्रकट गरेको छ। यस खण्डको घूम खासमहल ग्राम पञ्चायतका एउटा परिवारले उक्त योजनाबाट लाभ उठाइरहेको छ भने आज प्रदान गरिएको कार्डमार्फत लाभ उठाउने यी दोस्रो परिवार हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *