चामोङ चियाबारीमा वृक्ष रोपण अभियान

पोख्रेबुङ : पोख्रेबुङ चामोङ समष्टि अन्तर्गत चामोङ चियाबारी गोठ गाउँको सामाजिक सङ्गठन लाली गुराँस कल्याण सङ्घले महिना व्यापी वृक्ष रोपण अभियान शुरू गरेको छ । गत 2014 सालदेखि पर्यावरण दिवसको अवसरमा वृक्ष रोपण गर्दै आएको सङ्गठनले यस वर्ष फल-फूल लगायत अन्य प्रजातिका विरुवाहरू रोप्ने कार्य गर्दै आएको सङ्घका सभापति सुवास राणाले बताए। तिनले जनाए अनुसार वन विभाग घुम सिमाना रेञ्जको सहयोगमा फरेष्टको खाली स्थानमा विरुवा रोपिएको हो। पर्यावरण सन्तुलन बनाइ राख्न साथै वन जङ्गलको संरक्षणको निम्ति सङ्गठनले यस प्रकारको अभियान चलाएको पनि तिनले जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *