चामोङ चियाबारीमा मास्क वितरण

सुकेपोखरी : मिरिकको एनजीओ फ्रेण्ड्स अफ् ट्री तथा पोख्रेबुङ क्षेत्रको एनजीओ सेलेम्बोङ गोर्खा स्पोर्टिङ क्लबले मास्क वितरण अभियान जारी राख्दै आज चामोङ चियाबारीमा मास्क वितरण गऱ्यो। विशेष कोरोनाको दोस्रो लहरको बढ्दो संक्रमणलाई ध्यानमा राखेर यसको रोकथाम गर्ने उद्देश्य लिएर उक्त अभियान चलाइएको बताइएको छ। कार्यक्रममा एनजीओ मिरिकका कर्म शेर्पा, विनय तामाङ, सेलेम्बोङ जीएससीका सभापति राम थापा, सचिव विजय प्रधान, सविन बराईली, नीमाछिरिङ लामा, तामछिरिङ लेप्चा, यवन घतानी, अरूण प्रधान, सहप्रबन्धक अविनाश राई तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *