चामोङमा फुटबल खेल प्रतियोगिताको फाइनल सम्पन्न

सुकेपोखरी: चामोङ युथ स्पोर्टिङ क्लबद्वारा खेलाइएको अन्तर भेल्ली नगद राशी फुटबल च्यालेञ्ज प्रतियोगिताको फाइनल खेल भव्य रंगारंग कार्यक्रमहरूमाझ सम्पन्न गरियो| चामोङ गोदामधुरा खेल मैदानमा आयोजित समारोहमा जोरबंगलो सुके खण्ड विकास अधिकारी सामेरुल ईस्लाम प्रमुख अतिथि, सुके थाना एसआई सुमन लोहार तथा स्थानीय शिक्षक शिक्षिका तथा समाजसेवीहरुको उपस्थिति थियो| लामी डाँड़ा बनाम मेचीमाझ सम्पन्न रोमाञ्चक फाइनल खेलमा 1 गोलको विरुद्ध 2 गोल गरेर ले लामी डाँडा विजय बन्यो। विजयी तथा उपविजेता दलका खेलाडीहरूलाई अतिथिहरुको बाहुलीबाट नगद राशी तथा ट्रफी प्रदान गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *