चम्पासरी बजार बन्द, प्रधाननगर पुलिसद्वारा कठोर नजरदारी

सिलगढी : सरकारी निर्देश अनुसार आजदेखि सिलगढीको चम्पासरी र निवेदिता मार्केटको सब्जी बजारहरू लगायत सम्पूर्ण दोकानपाट बन्द भएको छ। आज बिहानैदेखि प्रधान नगर थाना पुलिसको नेतृत्वमा उक्त बजारहरूमा पुलिसले पेट्रोलिङ गरिरहेको छ। कसैले पनि सरकारी निर्देशलाई पालन नगरेको खण्डमा  पुलिसले आवश्यक कार्वाही गरिने चेताउनी दिएको छ। दोकानपाट तथा सबै सब्जी बजारहरू बन्द भएकोले गर्दा हाल त्यहाँको अवस्था सुनसान रहेको छ। स्मरण रहोस्, सिलगढी नगरनिगमको उक्त वार्ड एरियामा धेरैजना मानिसहरू कोरोना संक्रमित भएपछि नै प्रशासनले हालै सिलगढीको सर्किट हाउसमा एउटा बैठक गरेर उक्त बजार 10 दिनसम्म बन्द राख्ने निर्णय लिएको छ। अर्कोतिर, उक्त बजारहरू बन्द भएपछि स्थानीय मानिसहरूले कोरोना संक्रमणको रोकथाम गर्नको लागि सरकारको पहलमा यस प्रकारको कार्य गरिनु उचित रहे तापनि स्थानीय धेरैजसो मानिसहरू यहीँ बजारमा निर्भर रहेकोले गर्दा आगामी 10 दिनसम्म लगातार बन्द रहनाले तिनीहरूलाई समस्या पर्ने देखिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.